कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता                
समाचार :

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

बुटवल । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता पुसको १० गतेदेखि हुने भएको छ । प्रतियोगितामार्फत ब्याडमिन्टल खेल र खेलाडीको विकासमा योगदान दिदै आएको आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने भएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) र सुपर भेट्रान्स (५५ वर्षमाथि) गरि ४ ईभेन्टको खेल संचालन हुने आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठले बताए । युवा देखी भेट्रान्स उमेर समुहलाई समेटेर प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । प्रतियोगितामा मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वितिय टिमले २० हजार र तृतीय टिमले १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स (४५ वर्ष माथि) प्रथम टिमले २२ हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्र एवं सुपर भेट्रान्स (५५ वर्ष माथि) को विजेताले नगद १५ हजार, द्धितियले ८ हजार र तृतियले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
सिगलमा १ हजार पाच सय, डबल्समा दुई हजार पाच सय, भेटान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैया दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगिताको प्रत्येक सहभागी खेलाडीहरुलाई टिसर्ट र मायाको चिनो तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ । प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने छ । सबै विधामा गरि १४० टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित