कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता                
समाचार :

कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि बुटवल १० को  ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित  कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् ।

 

विभिन्न २१  वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक  हिरामन प्रधानले जानकारी दिए ।

जस अन्र्तगत कबड्डी ाछत्र तर्फ  ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ ।  कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।

यस्तै भलिवल तर्फ  व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन  समुह सेक्टर १ भएको छ ।
१०० मिटिर दौड मा ११  विज्ञान ए की योजन गौतम,  छात्रा तर्फ कृत पराजुली, २०० मिटर त र्फ योजन गौतम र छात्रा तर्फ कृति पराजुली नै प्रथम भएकी छिन् ।

४०० मिट तर्फ रोशन भुषाल कक्षा १२ र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै ८०० मिटर दौडमा रोशन भुषाल र १५०० मिटिर दौडमा रोशन भुषाल र  एलिशा श्रीष सेक्टर २ व्यवस्थापन संकाय प्रथम भएकी छिन् ।
यस्तै ३०० मिटिर छात्र तर्फ  रोशन भुषाल र छात्रा तर्फ एलिाशा श्रीष प्रथम भएकी हुन ।

लंग जम्प प्रथम स्लोक हरिजन र छात्रा तर्फ कृति पराजुली  प्रथम भएकी छिन् । यस्तै त्रिपल जम्प तर्फ स्लोक हरिजन११ वि  शिक्षा समुह  र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै सटपुट तर्फ जोरामुखी पुन मगर र छात्र तर्फ विक्की यादव प्रथम भएका हुन ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई बार्षिक उत्सवको अवसरमा आयोजना गरिने  विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।  यसको साथै बाल कक्षा देखि कक्षा १० सम्मका खेलकुद कार्यक्रम समेत विद्यालयका जारी रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित