नेपाल औषधिगत विक्रि प्रबन्धक संगठन रुपन्देहीको आयोजनामा भएको पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसको टिमले जितेको छ ।
तिलोत्तमा १४ स्थित मधवलिया व्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा युनिर्भसल मेडिकल कलेज (युसिएमएस) को टिमले उपाधि हात पारेको हो ।
उपाधि हात पारे सँगै युसिएमएसले नगद ३० हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।
त्यस्तै बुद्ध पोलिक्लिनिक उपविजेता बन्यो । उपविजेता बनेको बुद्ध पोलिक्लिनिकले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता तथा उपविजेतालाई संगठनका अध्यक्ष राजु भण्डारी, कार्यक्रम संयोजक नारायणप्रसाद बस्याल लगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको थियो ।
त्यस्तै प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट बाट जीवन टण्डन पुरस्कृत भए ।
वि.स.२०४८ सालमा स्थापना भएको संगठनले बर्षेनी विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्दै आएको संगठनका सचिव विमल ज्ञवालीले बताए ।










