मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर

बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए ।

प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्वपूर्ण रहको अध्यक्ष पुनले बताए ।

१५ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले रुपन्देही जिल्ला स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडीलाई प्रोत्साहन हुने बताए । पियाले स्नूकर खेल अन्तर्राष्ट्रिय स्तरमा निकै प्रतिष्ठित खेल भएपनि नेपालमा अझै ओझेलमा परेकाले यसको विकासमा बताए ।

संघका प्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्यले प्रतियोगितामा खेलाडीहरुलाई नियम र अनुशासन पालन गरेर खेल खेल्न र खेलाउन सुझाव दिए ।

संघले नियमितरुपमा हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिएर स्नुकर खेल लाई थप उचाइमा पुराएको महासचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएको उनले जानकारी गराए ।
जसअनुसार खेल उपसमिति संयोजकमा विजय गुरुङ तथा सदस्यहरुमा समुन्द्र अमात्य र लक्ष्मण आले, आर्थिक उपसमिति संयोजकमा संघका महासचिव प्रकाश क्षेत्री तथा सदस्यहरुमा प्रदीप विक र बिर्जु केसी, प्रचार प्रसार उपसमिति संयोजकमा टिआर शर्मा तथा सदस्यहरुमा सुशान्त पाण्डे र मिन गाहा भएका छन् । यस्तै अतिथि सत्कार तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा पुरन राना तथा सदस्यहरुमा रबिन श्रेष्ठ र सुरज पुन चयन भएका छन् भने प्राविधिक उपसमिति संयोजकमा विराट भट्टचन तथा सदस्यहरुमा रमेश मल्ल र सागर गाहा मगर रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित