रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रुपन्देहीमा बुटवल, तिलोत्तमा र सैनामैनामा कोरा

बुटवल।
पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिदै आएको पर्यटन प्रवद्र्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो ।
मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ ।
पत्रकार सम्मेलनमा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुक बहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताए । ‘रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उदेश्य समेत रहेको छ ।’– उनले भने ।
नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले खेलकुद र पर्यटन प्रवद्र्धनमा साईक्लिङको महत्व रहेको बताए । तिब्बती शब्द ‘कोरा’ को शाब्दिक अर्थ पवित्र यात्राको क्रममा घुम्ने, परिक्रमा गर्ने बुझाउने भन्दै उनले पवित्र उदेश्यका साथ विश्वभर नै साइक्लिङ गरिदै आएको बताए । यसवर्ष एक सय बढी साइक्लिष्ट सहभागी हुने बुटवल कोराको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव राजु तिवारीले बताए । करीब डेढ लाख खर्च हुने कार्यक्रमलाई मणिमुकुन्द कलेजबाट मुख्य सहित विभिन्न दाताहरुबाट सहयोग मिलेको उनले बताए ।
यता तिलोत्तमा नगरपालिकामा पनि पहिलोपटक कोराको तयारी अन्तिम चरणमा पुगेको विहिबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि आयोजक तिलोत्तमा राईडर्सले जनाएको छ । तिलोत्तमा राईडर्सको आयोजनामा प्रथम तिलोत्तमा कोरा २०२५ हुन लागेको हो । तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले तिलोत्तमा क्षेत्रका पर्यटकिय गतिविधिलाई समेटेर करीब ५० किलोमिटर दुरीको कार्यक्रम गर्न लागेको बताए । पहिलो पटक आयोजना हुने कार्यक्रममा ११० जना राईडरहरु दर्ता भएको उनले बताए । यसैगरि मंसिरमा समेत खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए ।
सैनामैना क्षेत्रको पर्यटकिय क्षेत्रहरुलाई प्रचार गर्ने गरि कोरा गर्न लागेको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए । सातौ संस्करणको कोरा यसपटक पनि ६० किलोमिटर हुने उनले बताए । निशुल्क दर्ता हुने कार्यक्रममा करीब २८० जना साईक्लिष्ट दर्ता भएको उनले बताए । कोरामार्फत सैनामैनाको धार्मिक, सास्कृतिक पर्यटन प्रवद्र्धनका कार्य समेत हुने उनले बताए । कोराको मुल मर्म अनुसार कार्यक्रम गरि सामाजिक क्षेत्रमा
योगदान गर्दै आएको उनले बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । रुपन्देहीसहित पाल्पा र बाकेमा समेत कोरा आयोजना हुदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित