निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

जेठ ३१ मा डोरी तान प्रतियोगिता हुदै

बुटवल । नेपाल खेलकुद महासंघ, जिल्ला कमिटि रुपन्देहीको आयोजनामा जेठ ३१ गते प्रथम पालिका स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता २०८२ हुने भएको छ ।

‘खेलकुद विकासका लागि स्थानिय तहदेखी केन्द्रसम्म भौतिक पूर्वाधार, ब्यवसायिक र प्रतिस्प्रर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुन गैरहेको कमिटिका अध्यक्ष समुन्द्र श्रेष्ठले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि बताए । परम्परा, शक्ति र सामूहिकता बोकेको खेलका रुपमा डोरी तान खेल रहेको उनले बताए ।

दुई टोलीबीच शक्ति, तालमेल र सहकार्यको उत्कृष्ट परीक्षणका रुपमा खेलिने एक प्राचीन र विश्वव्यापी रुपमा लोकप्रिय खेल भएर पनि ब्यवसायिक हुन नसकेको हुदा यसलाई युवा वर्गमा प्रतियोगितामार्फत चिनाउने प्रयास गरेको उनले बताए ।

सन् १९६० मा टग अफ वार ईन्टरनेश्नल फेडेरेसनको स्थापना भएको तथा विभिन्न देशहरूमा प्रतियोगिता र नियमको मान्यता दिदै आएको उनले बताए । यो खेल केही वर्षअघिसम्म ओलम्पिक खेलमा समेत समावेश भएको थियो ।
कार्यक्रममा नेकोस केन्द्रिय सचिवालय सदस्य एवं रुपन्देही इन्चार्ज शंकर पाण्डेले पछिल्लोसमय ओझेलमा परेको खेललाई चर्चामा ल्याउने गरि प्रतियोगिता गर्न लागेको बताए ।

रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य एवं खेलकुद इन्चार्ज नकुल शाहीले महासंघमा आवद्ध सबै खेल विधालाई प्राथमिकतामा राखेर गतिविधिमा जोड दिने बताए ।

कार्यक्रममा नेकोस केन्द्रिय सदस्य जुनु भण्डारी, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, डोरी तान संघका केन्द्रिय सदस्य नवराज खरेल, नेकपा एमाले वडा नं. ११ सचिव बिर बहादुर कुवर, नेकोस बुटवल नगर अध्यक्ष प्रविण गैरेले समाजमा धेरै प्रचलित खेलका रुपमा रहेको डोरी तान खेल नया पुस्तामा हराउ थालेको भन्दै प्रचार प्रसार र गतिविधिमा जोड दिन आग्रह गरे ।

समुदायमा रहेका खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने तयारी रहेको भन्दै उनले मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक वापत सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रबाट सम्मान गरिने बताए । सिद्धेश्वरी खेलमैदानमा गरिने प्रतियोगिता बेष्ट अफ थ्रि को आधारमा खेलाईने खेल संयोजक त्रिभुवन शर्मा पाण्डेले बताए ।

प्रतियोगिताको प्रथम टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई नगद २० हजार तथा तेस्रो हुने टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा भाग लिने प्रत्येक टिममा ८ जना सदस्यको कुल तौल ६४० केजी हुनुपर्ने छ । प्रतियोगितामा ६ लाख ४० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित