दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो ।

फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । गल्कोटले साग भलिबललाई २५-२०, २५-१८, २६-२४ ले पराजित गरेको हो ।

गल्कोटले टिममा इरानी खेलाडीलाई मैदानमा उतारेको थियो । उपाधिसँगै गल्कोटले तीन लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाएको छ ।

यस्तै उपविजेता साग भलिबल एकेडेमी गुजरातले दुई लाख ११ हजार १११ रुपैया नगद पुरस्कार पाएको छ ।

नेपालका तीन विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगितामा गत वर्षको उपाधि विजेता त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा चित्त बुझाउँदै एक लाख ११ हजार १११ रुपैयाँ तथा चौथो स्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघले ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार पाए ।

विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी,प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित