कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक

मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप रात्रीकालिन भलिबल प्रतियोगिताले भलिबल खेलप्रेमीहरुमाझ छुट्टै रौनक छाएको छ ।

तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस निरको क्लबको आफ्नै खेल मैदानमा यस क्षेत्रमै पहिलोपटक रात्रिकालीन भलिबल प्रतियोगिता भएकाले खेलप्रेमीहरुको चासो र उत्साह बेग्लै छ ।

यसैबीच सोमबार राती भएको खेलमा एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिवल संघ विजयी भएका छन । खेलमा गण्डकी प्रदेश भलिवल संघले कोशी प्रदेश भलिवल संघलाई २५–१७, २५–१३, २५–२२ बनाउंदै सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको गण्डकीका खेलाडी बिष्णु क्षेत्रीलाई नगद सम्मान गरिएको थियो । दोस्रो खेलमा गुजरातले विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गरेको हो ।निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो र दोस्रो सेट २५–२३, २५–२० अंकको जितसंग गुजरातले अग्रता लिएको थियो ।

तेस्रो सेटमा भने बिभागिय टिम त्रिभुवन आर्मी २५–१२ को अंकसहित जित निकाल्दै फर्कियो । चौथौ सेटमा भारतको गुजरातले २५–२२ अंकले विजयी भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गुजरातका आरएन बलियान नगदसहित सम्मानित गरिएको थियो । मंगलबारको पहिलो खेल आयोजक मणिमुकुन्द भलिवल क्लब, तिलोत्तमा र विभागिय टिम एपिएफ क्लब, काठमाडौ बिचमा हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र विभागिय टिम नेपाल पुलिस क्लब बिच हुने अफीसियल रेफ्री रामबहादुर थापाले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११, दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां, तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा कप, मेडल र प्रमाणपत्र पाउने छन । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा कप र प्रमाणपत्र हात पार्ने छन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरूङले बताउनुभयो । बैशाख १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तान, इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको आयोजक क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले बताए ।

रातको समयमा शितल मौसम हुने भएकाले दर्शकहरुले पहिलोपटक राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रोमाञ्चक खेल हेर्न पाउंदा खेलप्रेमीहरु राति १० बजेसम्म खेल मैदानमा खचाखच हुने गरेका रानाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न लाग्ने ठूलो खर्च देश विदेशमा रहेका खेलप्रेमी र उद्योगी व्यवसायी संग चन्दा सहयोग मागेर गरिएको आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित