रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने

रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने भएको छ ।

रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा हुने प्रतियोगितामा असोज १२ गते हुनेछ । आयोजक रोट्याक्ट क्लव अफ मणिग्रामले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । क्लवका अध्यक्ष प्रमोद भण्डारीले आपसी सद्भाव कायम गर्दै खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए।

कार्यक्रम संयोजक गणेश पन्तले प्रतियोगितामा १७ टिमको सहभागिता हुने बताए । प्रतियोगितामा विजेताले नगद २२ हजार २ सय २२ तथा उपविजेताले नगद ११ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गर्ने उनको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल डेढ लाख खर्च अनुमान गरिएको छ । यसैबीच क्लवले रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्रीको प्रमुख आतिथ्यतामा ट्रफि तथा जर्सी सार्वजनिक गरेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षेत्रले रोट्याक्ट क्लवहरु सामाजिक क्षेत्रमा मात्र नभई खेल क्षेत्रको विकास र खेलाडिहरुको क्षमता बृद्धिका लागि परेको बताए ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका पुर्व अध्यक्ष निराजन अर्याल, डिष्ट्रिक ३२९२ का एडिटी प्रकाश खनाल, एडिएस अनुप पाण्डे लगाएतले बोलेका थिए। कार्यक्रम क्लवका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षता, उपाध्यक्ष विनोद बस्यालको स्वागत तथा कार्यक्रम सञ्चालन गणेश पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित