रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता: लिस्नु युथ क्लब अन्तिम चारमा

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युथ क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा विहिबार भएको खेलमा न्यु सिर्जना युथ क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै लिस्नु उपाधि दाबेदारीसहित अन्तिम चारमा स्थान बनाएको हो ।

विदेशी खेलाडीसहित मैदानमा उत्रेको लिस्नुलाई न्यु सिर्जनाले पहिलो हाफ निक्कै दबाबमा राखेको थियो । खेलको ९ औ मिनेटमा गोल गर्दै न्यु सिर्जना युथ क्लबका सन्दिप मल्लले टिमलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता लिएको न्यु सिर्जनाको अग्रता कायम रहन सकेन । लिस्नुका लागि विदेशी दुई खेलाडीहरु नायक साबित भए । लिस्नुका ओहिनेबा अदुसेईले खेलको ५६ औ मिनेट तथा कार्लोस सामीले ६५ औ मिनेटमा गरेको प्रहार विपक्षी टिमको जाली चुमाउदै खेलमा फर्काए ।

यसैगरि खेलको ७२ औ मिनेटमा लिस्नुका समराज ठोकरले गोल गरे । खेलमा टिमलाई विजयी बनाउन योगदान दिएका लिस्नुका ओहिनेबा अदुसेई म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार क्वाटरफाईनल खेलमा गोर्खा ब्यायज एफसी र योग स्टार युथ क्लबका बिचमा खेल हुने संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित