रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

३६ औं झरना रनिङशिल्ड फुटवलः फुलबारी गाईज बुटवल बिजयी

 

बुटवल। रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा फुलबारी गाईज बुटवल बिजयी भएको छ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा भैरव एफसी नवलपरासीलाई ३-० गोल अन्तरले पराजित गर्दै फुलबारी गाईज अन्तिम आठमा स्थान बनाएको हो।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल हुन सकेन।खेलको ५५ मिनेटमा फागुराम चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए।खेलको ७९ अौ मिनेटमा अजित गुरुङले गोल गरे।

राज भुषालको क्रशमा गुरुङले दोस्रो गोल गरे। खेलको अतिरिक्त समयमा फागुराम थारुले ब्यक्तिगत दोस्रो तथा टिमलाई विजयी गोल गरे। उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

विहिबारदेखि क्वाटरफाईनलको खेल हुने खेल संयोजक विजय पुनले बताए। पहिलो क्वाटरफाईनलमा लिस्नु युथ क्लब र न्यु सिर्जना एफसीका बिचमा खेल हुने उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित