रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता: जनज्योती युवा क्लब विजयी

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा जनज्योती युवा क्लब विजयी भएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा सोमबार भएको खेलमा वालिङ युनाईटेड एफसीलाई  २ – १ गोल अन्तरले पराजित गर्दै जेजेएफसी अन्तिम आठमा स्थान बनाएको हो । खेलको शुरुवातमा निक्कै प्रतिस्प्रात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी भयो । दुबैतर्फबाट पाएका धेरै अवसरहरु गोलमा परिणत गर्न सकेन ।

दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमा जनज्योतिले अग्रता लियो । डिबक्सभित्र वालिङका रुपेश हमालले जेजेएफसीका खेलाडी लडाएपछि पाएको  पेनाल्टीलाई जेजेएफसीका सन्दिप बिष्टले जाली चुमाए । तर यो अग्रता धेरै बेर टिकेन । वालिङका निश्चया थापाले खेलको ४८ औ मिनेटमा बराबरी गोल गरे ।

जेजेएफसीका चन्दन दासले ६५ औ मिनेटमा विजयी गोल गरे । खेलमा जेजेएफसीका जन्मजय धामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनलाई क्लबका सल्लाहकार छत्र बहादुर दलार्मीले पुरस्कार वितरण गरे । प्रतियोगिताको मंगलबार देवदह ब्यायज र आयोजक झरना स्पोर्टस क्लबका बिचमा हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित