रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल: न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा

बुटवल। रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा प्रवेश गरेको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा आईतबार भएको खेलमा फर्साटिकर युथ क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै न्यु सिर्जना युथ क्लब, करौजियाले अन्तिम आठमा स्थान बनाएको हो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो मिनेटमा फर्साटिकरका बसन्त बहादुर रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर खेलको छैटौ मिनेटमा न्यु सिर्जनाका मिलन आलेले बराबरी गोल फर्काए । खेलको १२ औ मिनेटमा फर्साटिकरका बसन बहादुर रानाले पुनः गोल गर्दै खेलमा टिममा अग्रता दिलाए । न्यु सिर्जनाका सकिन गुरुङले खेलको १८ औ मिनेटमा फेरि बराबरी गोल गरे ।
खेलको ३८ औ मिनेटमा दुर्गा बहादुर बानिया क्षेत्री क्रशमा सकिन गुरुङले थप गोल गर्दै खेलमा सिर्जनालाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा फर्साटिकरका टिकाराज गुरुङको डिबक्सबाहिरबाट गरेको प्रहारलाई न्यु सिर्जनाका गोलकिपर राकेश गुरुङले फ्लिप गरेर बचाए। खेलको ४६ औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङले पुनः बराबरी गोल गरे ।
खेलको ५९ औ मिनेटमा न्यु सिर्जनाका सन्दिप मल्लले गोल गरे । उनले गोलिकपरलाई बिट गर्दै गोल गरेका थिए । खेलको न्यु सिर्जनाका सन्दिप मल्लले विजयी गोल गरे ।
खेलको ८० औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङले टिमको लागि चौथो गोल गरे पनि जितका लागि पर्याप्त भएन । खेलमा न्यु सिर्जनाका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार वालिङ युनाईटेड र जनज्योती एफसीका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित