भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा ।

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर–१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु–१९ टिमले पश्चिम नवलपरासी यु–१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३७ रनको सामान्य योगफल खडा गर्यो । उसका लागि ओमकार यादवले ३१, ड्रस सुनारले ३०, दिलसाद अली र शिशिर थापा क्षेत्रीले समान १४–१४, शैलेन्द्र यादवले १३ र सम्राट भुसालले १० रन जोडे । बलिङमा रुपन्देहीका सुमित पराजुली, लक्ष्मण कुमाल र सन्तोष यादवले २–२ तथा रमेश कुर्मी र अमर मिश्राले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सन्तोष यादवले अर्धशतकीय पारी खेल्दै ५४ रनको महत्वपूर्ण योगदान दिए । यस्तै, समीर अलीले ३७ र अमर मिश्राले १७ रन जोडे । बलिङमा नवलपरासीका ओमकार यादव र शिशिर थापाले समान २–२ तथा निराजन भट्टराईले १ विकेट लिए । रुपन्देहीका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फकर–फकर टिम बनाएर छनोट खेल सुरु गरिएको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित