दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता: योग स्टार अन्तिम आठमा 

रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै योग स्टार युथ क्लब मडाहा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शनिबार सम्पुर्ण युथ क्लब सुपौलीलाई ३—० गोल अन्तरले पराजित गर्दै योग स्टार अन्तिम आठमा स्थान बनाएको हो ।

कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा योग स्टारको जितमा बिक्की राईले दुई तथा अनुज गैरेले एक गोल गरे । खेलको १२ औ मिनेटमा बिक्कि राईले वन भर्सेज वनमा गोलकिपर बिट गर्दै खेलमा अग्रता दिलाए ।
त्यसको एक मिनेटमा अनुज गैरेले दोस्रो गोल गरे । पहिलो हाफ दुइ गोलले पछि परेको सम्पूर्ण दोस्रो हाफको अन्तिम मिनेटमा गोल खान पुग्यो ।

खेलमा बिक्कीले गोल गरे । सम्पुर्णका खेलाडीहरुले पाएको आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा खेलमा पराजित भयो । सम्पुर्णका साबि गुरुङको ३ वटा प्रहार योग स्टारका गोलकिपरले राकिदिएका थिए ।

खेलमा म्यान अफ दी म्याच योग स्टारका टिम क्याप्टेन कुशल बिश्वकर्मालाई लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले पुरस्कार बितरण गरे । आईतबार न्यु सृजना युथ क्लब र फर्साटिकर युथ क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित