रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

गोर्खा ब्वाइज क्लबले खेल सुरु भएको १० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । सुनिल खड्काले हेडमार्फत पहिलो गोल गरेका थिए । गोर्खाले पहिलो हाफमा नै ४ गोल गरेको थियो । भूपू सैनिकका तर्फबाट भएका २ गोल दोस्रो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै विपक्षलाई दबाबमा राखेको गोर्खा ब्वाइजले खेलको २० औं मिनेटमा अंकित सिजापतिले दोस्रो गोल गरेका थिए । खेलको २५ औं मिनेटमा निराजन खत्रीले तेस्रो तथा खेलको ४५ औं मिनेटमा निशान्त न्यौपानेले टिमका लागि चौथो गोल गरेका हुन् ।

दोस्रो हाफमा निराजन खत्रीले व्यक्तिगत दोस्रो तथा टिमलाई पाँचौं गोल एवं सुनिल खड्काले छैंटौं गोल गरेका थिए । भूपू सैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले गोल गरेका हुन ।

प्रतियोगितामा बिहीवार नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार र कपिलवस्तु – ११ बीचमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विजय पुनले जनाएका छन् ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटनमा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), उपप्रमुख जागेश्वरी चौधरी, क्लबका पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेल लगायतले फुटबलको विकासका लागि प्रतियागिताको निरन्तरताको शुभकामना दिएका थिए।

प्रतियोगितामा रुपन्देही जिल्लासहित पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङ्जाका १६ टोलीको सहभागिता छ ।

जसमा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार, न्यु सिर्जना युवा क्लब, गोर्खा ब्वाइज क्लब, जनज्योति एफसी, देवदह ब्वाइज, फुलबारी गाईज, योग स्टार एफसी, कपिलवस्तु -११, भैरव एफसी, बालिङ युनाइटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भूपू सैनिक युवा क्लब रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार रुपैयाँ रनिङशिल्ड, दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ तथा सेमिफाइनलमा टोलीले समान २५ हजार रुपैयाँका प्राप्त गर्नेछ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विजय पुनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीले समान १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सुमन अधिकारी, बुटवल, Hamrokhelkud

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित