लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा शनिबारदेखि ए डिभिजन क्लब छनोटका लागि जिल्ला लिग हुँदै

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ए डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ए डिभिजनमा रहेका ७ वटा क्लब तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम बीच प्रतिस्पर्धा हुन लागेको खेल संयोजक तथा एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए । जिल्लामा रहेका ८ समूह ए डिभिजनमा रहे पनि एक समूह सहभागी हुन टुङ्गो नलाग्दा ९ समूह बीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौचनले पहिलो दिन एक मात्र उद्घाटन खेल तथा त्यसपछि प्रत्येक दिन २ वटा खेल हुने बताए ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कूल ३६ वटा खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० तथा चौथो स्थान हासिल गर्ने क्लबले २० हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फा रुपन्देही उपाध्यक्ष मुकेश कुंवरले जानकारी दिए ।

जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाका आधारमा पुच्छारका २ वटा क्लब डिभिजन बी मा घटुवा हुने छन् भने अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । प्रतियोगितामा यो वर्ष समुह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रीक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी रहेका छन् । कार्यक्रमका अवसरमा बोल्दै एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले जिल्ला लिगबाट नयाँ खेलाडी उत्पादन हुने विश्वा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो साढे ३ बजदेखि एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित