कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि राजनलाई

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विहिबार बुटवलमा राष्ट्रिय हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता आयोजना गरेको थियो। म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। ‘सबैका लागि खेल’ भन्ने नारा सहित आयोजना गरिएको म्याराथनमा नेपाली सेनाकै नरेन्द्र रावत दोश्रो भएका छन्। १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन्। बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन्। हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन्। चौथो बनेका बुढाले ३० हजार, पाँचौं बनेका श्रीष लालले २० हजार र छैटौं बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटी आई समापन भएको थियो। प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो।

जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरिय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरिय खुल्ला छात्र र तिन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो।

सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंसम्म हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट धावकहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित