भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मदन भण्डारीको स्मृति दिवसमा हाफ् म्याराथन प्रतियोगिता हुने

तत्कालिन एमालेका महासचिव स्व. मदन भण्डारकिो स्मृतिमा रुपन्देहकिो बुटवलमा राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुंदै छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले स्व. मदन भण्डारकिो ३१ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते दौड प्रतियोगिता आयोजना गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले आगमी जेठ ३ गते रुपन्देहीको बुटवलमा दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी एकेडेमीले जानकारी गराएको छ ।

सबैका लागि खेलकुंद भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष धुर्व आचार्यले जानकारी गराएका छन् ।

ऐकेडेमीका अध्यक्ष ध्रुव आचार्यले हाफ् म्याराथन २१ किलोमिटर दौड हुने जानकारी दिए । प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाल्कथन प्रतियोगिता पनि सँगसँगै राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए ।

खुला रेसको द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैठौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैठौंको क्रमस ७ र ५ हजार रहेको छ ।

छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमश: २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार २ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । एकेडेमीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई दुई वर्ष पुग्ने औषधिका लागि रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित