रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा

रोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।
क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन लाभा क्लवको खेलमैदानमा हुने रोट्याक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष सुविन खड्काले बताए ।

प्रतियोगितामा ७ रोटरी र १४ रोट्याक्ट क्लवको सहभागिता हुने कार्यक्रम संयोजक सुदीप पौडेलले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेको छ ।

रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष सव. कमलराज पाठकको स्मृतिमा हुने लागेको प्रतियोगिताले क्लव बीचको भाईचार र सद्भावलाई कायम राख्न मद्देत मिल्ने रोटरी क्लव अफ बुटवल साउथकी अध्यक्ष शारदा पौडेल पंगेनीले बताईन । कार्यक्रममा रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्रीले खेल प्रतियोगिताले क्लवहरु बीचमा सम्बन्ध विस्तार हुने बताए ।

प्रतियोगिताको १० औं संस्करणमा रोटरी क्लव तर्फ रोटरी क्लव अफ सेन्ट्रल बुटवलले उपाधि चुमेको थियो भने रोट्याक्ट क्लव तर्फ रोट्याक्ट क्लव अफ बुटवल रामापिथेकसले उपाधि चुमेको थियो । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित