
रुपन्देहीको तिलोत्तमामा फागुन २८ सोमवार एक्स्ट्राटेक लिजेन्ड कप हुने भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा नवनिर्मित अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनस्वरुप यो प्रतियोगिता हुन लागेको हो ।
एक्स्ट्राटेक ओभलले बुटवलमा पत्रकार सम्मेलन गरी लिजेन्ड कपको तयारीबारे जानकारी गराएको छ ।
यो निजी क्षेत्रबाट बनेको नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो ।
एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले क्रिकेट मैदान सञ्चालनमा आएसँगै रुपन्देही क्रिकेटको नामबाट पनि चिनिने आधार तयार भएको बताए । टी– १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स- ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यती एयरलाइन्स रहेको छ । यो टोलीका १४ मध्ये १२ खेलाडीले लिजेन्ड्स- ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिने छन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काको कप्तानीमा रहेको विश्वकप– २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जीतेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।