तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवदह केरवानी माविका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध मुद्दा दायर गरेको हो।

शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विश्वविद्यालयक अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियु्क्त भएको पुष्टि हुन आएकाले शिक्षक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए

शर्माले नक्कली स्नातकोत्तर (एम.ए.) तहको शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरु क्याम्पसमा पेश गरी सहायक प्राध्यापकको नियुक्ति लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी गरिएको आरोप-पत्रमा उल्लेख छ।  शर्मा एक वर्ष अगाडी सेवा निवृत्त भएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित