लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रूपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि हुने

रूपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ। यसअघि फागुन १४ गते लेजेण्ड्स कप क्रिकेट प्रतियोगितासँगै रंगाशालाको उद्घाटन गर्ने तय भएको कार्यक्रम फागुन २६ गतेका लागि सारिएको हो।

राजधानीमा जारी नेपाल, नामिबीया र नेदरल्याण्डबीचको आइसिसी विश्वकप लिग २ र त्यसपछि लगत्तै हुने टी–२० क्रिकेट सिरिजका कारण नेपाल क्रिकेट संघ (क्यान) ले निर्धारित मिति हेरफेर गरेको हो।

फागुन १४ गते लेजेण्ड्स कप क्रिकेट प्रतियोगितामा क्यानका पदाधिकारी र केही पूर्व क्रिकेटर सहभागी हुन नसक्ने अवस्था सिर्जना भएपछि कार्यक्रम २८ गतेका लागि सारिएको एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले जानकारी दिए।

कार्यक्रम २ साता पछि सरे पनि उद्घाटन कार्यक्रम थप भव्य र सफल हुने उनले विश्वास राखे

‘हाल नेपालमा चलिरहेको आइसीसी विश्वकप लिग २ र टि(ट्वेन्टी प्रतियोगिताका कारण केहि भूतपूर्व खेलाडीहरूको अनुपलब्धता र व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रमका कारणले गर्दा हामीले एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन कार्यक्रमलाई पूर्वनिर्धारित मितिमा हेरफेर गरेका हौं,’ उनले भने, ‘मिति हेरफेरको उद्देश्य कार्यक्रमलाई थप प्रभावकारी बनाउनु भएकोले त्यसै अनुसार बुझिदिनु हुन सबैलाई विनम्र अनरोध गर्दछौं।’

उद्घाटनको दिन ४ टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने यसअघि नै सार्वजनिक भइसकेको छ। प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, सन् २०१४ को टीऔ२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन्।

क्यानका सचिव पारस खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन्। यस्तै सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टिमलाई कलाम अली तथा रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन्।

हाल अष्ट्रेलियामा बस्दै आएका गुल्मीका युवा व्यवसायी कुँवर दम्पत्तीले रूपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा ४० करोड रूपैयाँ भन्दा बढीको एकल लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला बनाईरहेका छन्।

९ महिनाअघि मैदान निर्माणको सिलान्यास भएयता विभिन्न चरणमा निर्माण कार्य भइरहेको र रंगशाला खेल्न तयार भएको कुँवरले जानकारी दिए।

मैदान निर्माणको पहिलो चरणमा मैदान लेभलिङ गर्ने, पिच बनाउने र आउटफिल्डमा घाँस बिछ्याउने काम द्रूत रुपमा अघि बढाइएको थियो। हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा अब थप भौतिक पूर्वाधार थप्दै लाग्ने योजना रहेको छ। यो साता भित्रै प्याराफिट तथा एकेडेमी भवनको शिलान्यास हुनेसमेत उनले जानकारी दिए।

नेपालका पूर्व क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडरको रूपमा छन् । यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ। उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिएको छ। रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

युएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित