भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाईलमा तीन विभागीय सहित गण्डकी भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिभागीय टिमको दबदबा कायमै रहेको छ ।
बिभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाईनल पुगेपछी फाईनल रोचक हुने देखीएको छ । मंगलबार भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच हुन सफल भएका छन ।
उनलाई नगद सहित सम्मान गरिएको हो । बिजयी सँगै नेपाल पुलिस क्लब उपाधिको दाबेदार देखीएको छ । दोस्रो खेल बाग्मती प्रदेश एपिएफ बिच भएको खेलमा एपिएफ क्लब बिजयी भएको हो । एपिएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपिएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो । एक एक सेट बाढेको प्रतियोगितामा २ सेट भने एपिएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपिएफले २५–१९, २५–१९, मा रोक्दै सेमिफाईनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच हुन सफल भएका छन । उनलाई नगद सहित सम्मान गरीएको हो ।
तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश बिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मीका खेलाडी हरि अधिकारीलाई प्रतियोगितको म्यान अफद म्याच घोसित गरीएको थियो ।
उनलाई नगद सहित सम्मान गरीएको हो । चौंथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । गण्डकीले २५–१७, २५–१८, २५–२२, मा लुम्बिनीलाई रोक्दै गण्डकी सेमिफाईनल पुगेको हो । प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी बिश्वास अधिकारी खेलको म्यान अफद म्याच हुन सफल भएका छन । उनलाई खेलकुद परिषद्का लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटराईले नगद सहित सम्मान गरेका थिए ।
प्रतियोगितामा प्रथम टिमले नगद २ लाख १ रुपैँया सहित कप, मेडल, प्रमाणपत्र पाउने छन । द्वितिय हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन । तृतिय हुनेले नगद १ लाख १ रुपैया नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरु·ले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका सल्लनहकार मिलन रानाले बताए । प्रतियोगिता माघ ३ गते सम्म सञ्चालन हुने छ । खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालीकाले रहेको छ । भने प्रदेश खेलकुद परिषद लुम्बिनीको खेल प्रर्वद्धक नेपाल भलिवल संघ रहेको छ । लुम्बिनी प्रदेश भलिबल संघ, जिल्ला भलिबलको विशेष सहयोगमा प्रतियोगीता जारी रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित