रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

नेपाल पुलिस, एपिएफ, लुम्बिनी, सुदूरपश्चिम छनौट

रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टिमहरु नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफसंगै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश विजयी हुदै छनौट भएका छन । प्रतियोगिताको समुह ए बाट नेपाल पुलिस र सुदुरपश्चिम तथा समुह बि बाट एपिएफ र लुम्बिनी प्रदेशले लिग कम नकआउट चरण अन्तरगत सोमबारको खेलमा जित निकाल्दै छनौट हुन सफल भएका हुन ।

पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१३, २५–१२, २५–१८ को सोझो सेटमा पराजित गरेको हो । योसंगै मधेश प्रदेश प्रतियोगिताबाट बाहीरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका बेद प्रकाश जोशी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले कणाली प्रदेशलाई पराजित गरेको हो । लुम्बिनीले लगातार दुई सेट २५–२०, २५–२० अंकसहित जित निकाल्दै खेलमा अग्रता लिएको थियो । तेस्रो सेटमा कर्णालीले २५–२३ ले जित निकाल्दै खेलमा फर्कियो । बेष्ट अफ फाईभमा खेलाईएको खेलको चौथो सेटमा लुम्बिनीले २५–२१ अंकमा जित निकाल्दै खेल आफनो पोल्टामा पारेको थियो । यो हारसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा लुम्बिनी प्रदेशका संगम श्रीष म्यान अफद म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ । प्रहरीले २५–२०, २५–२०, २५–२१ अंकसहित ३–० को सेटमा जित निकालेको हो । नेपाल पुलिस क्लबका बलराम गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । चौथो खेल एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२१, २५–१९ अंकको साथ ३–० सोझो सेटमा पराजित गरेको छ । एपिएफ क्लबका रुपेन्द्र नेपाली म्यान अफ द म्याच हुनबाट पुरस्कृत भए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित