रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

विद्यालयस्तरीय बुटवल मेयर कपमा शनिबार ८ खेल सम्पन्न

बुटवल-बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताअन्तरगत शनिबार ८ वटा खेल भएका छन्।

शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ।

कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १-० गोलअन्तरले प्रगति विजयी भएको छ भने स्कलर्स मावि र न्यु होराइजन माविका बीचमा भएको खेलमा १-० गोल अन्तरले स्कलर्स विजयी भएको छ।

यस्तै एन्फा खेलमैदानमै भएको एभरेस्ट मावि र प्रगति मावि बीचको खेलमा २-० गोलअन्तरले एभरेस्ट विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ। यस्तै जबई खेल मैदानमा इन्टलेक्चुअल मावि र मोतिपुर ३-० गोलअन्तरले मोतीपुर विजयी भयो भने ज्ञानोदय मावि र क्यानन माविबीचमा भएको खेल बराबरी भएपछि टाइब्रेकरमा ५-३ गोलअन्तरले ज्ञानोदय विजयी भएको छ। यस्तै सरस्वती मावि र कान्ति माविबीचको खेल टाइब्रेकरमा जाँदा सरस्वती ३-२ अन्तरले विजयी भएको छ। यस्तै गरी उजिरसिंह मावि र मोतिपुर मावि बीचको खेलमा ३-० ले उजिरसिंह विजयी  भएको खेल सहसंयोजक इश्वर गुरुङले जानकारी दिए।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित