लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगितामा शुक्रबार ८ खेल सम्पन्न भएको छ ।

माघ २५ गते बिहीबार शुरु भएको प्रतियोगिताअन्तरगत शुक्रबार ८ खेल सम्पन्न भएको हो ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । जसअन्तरगत शुक्रबार भएका खेलमा मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द ४-२ गोल अन्तरले विजयी भएको छ । यस्तै नहरपुर मावि र प्रगति माविका बीचमा भएको खेलमा प्रगति मावि ट्राइबेकरबाट ३-१ अन्तरले विजयी भएको छ । देवीनगरस्थित खेल मैदानमा भएको अर्को खेलमा स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेल २-० अन्तरले स्कलर्सले जितेको छ भने अक्सफोर्ड मावि र नवरत्न माविबीचको खेल ५-० गोल अन्तरले अक्सफोर्डले जितेको छ ।

यस्तै शुक्रबार नै जवई खेलमैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २-० गोलअन्तरले हराएको छ । उजिरसिंह मावि र न्युभिजन माविका बीचमा भएको खेलमा उजिरसिंह २-० गोलअन्तरले विजयी भएको छ। यस्तै ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४-० गोलअन्तरले विजयी भएको छ भने कान्ति मावि र जितेश्वरी माविबीच भएको खेलमा कान्ति ४-० अन्तरले विजयी भएको छ ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित