दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगितामा शुक्रबार ८ खेल सम्पन्न भएको छ ।

माघ २५ गते बिहीबार शुरु भएको प्रतियोगिताअन्तरगत शुक्रबार ८ खेल सम्पन्न भएको हो ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । जसअन्तरगत शुक्रबार भएका खेलमा मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द ४-२ गोल अन्तरले विजयी भएको छ । यस्तै नहरपुर मावि र प्रगति माविका बीचमा भएको खेलमा प्रगति मावि ट्राइबेकरबाट ३-१ अन्तरले विजयी भएको छ । देवीनगरस्थित खेल मैदानमा भएको अर्को खेलमा स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेल २-० अन्तरले स्कलर्सले जितेको छ भने अक्सफोर्ड मावि र नवरत्न माविबीचको खेल ५-० गोल अन्तरले अक्सफोर्डले जितेको छ ।

यस्तै शुक्रबार नै जवई खेलमैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २-० गोलअन्तरले हराएको छ । उजिरसिंह मावि र न्युभिजन माविका बीचमा भएको खेलमा उजिरसिंह २-० गोलअन्तरले विजयी भएको छ। यस्तै ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४-० गोलअन्तरले विजयी भएको छ भने कान्ति मावि र जितेश्वरी माविबीच भएको खेलमा कान्ति ४-० अन्तरले विजयी भएको छ ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित