निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ।

बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए।

उनले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सघाउ पुर्‍याउने र राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा सहभागी हुनसक्ने खेलाडी तयार हुनेमा विश्वास व्यक्त गरे।

प्रमुख पाण्डेयले विद्यालयस्तरमा रहेका प्रतिभा बाहिर ल्याउनकै लागि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागेको र अन्य विधामा पनि विद्यार्थीहरुलाई अब्बल बनाउन नगरले लगानी गरिरहेको बताए।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यालयतहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई सबल बनाउने र खेलाडी उत्पादनमा विशेष भूमिका निर्वाह गर्ने बताइन्। उनले सबै विद्यालयहरुलाई अनुसासित र मर्यादित तरिकाले खेलमा सहभागी हुनका लागि आग्रह गरिन्।

बिहीबारदेखि शुरु भएको प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। उनले आगामी वर्ष प्रशिक्षक र रेफ्री उत्पादनमा समेत विशेष चासो दिने र खेलमैदानहरुको स्तरोन्तति र निर्माण गर्नेतर्फ चासो दिएको बताए।

प्रतियोगिताअन्तरगत एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा न्यु होराइजन माविले तिलोत्तमा माविलाई २-० गोल अन्तरले हराएको छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेडका बीचमा भएको खेल बराबरी भएपछि ट्राइब्रेकरमा अक्सफोर्ड माविले ४-३ को गोलअन्तरले जित हासिल गरेको छ।

यस्तै, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचमा भएको खेलमा कालिका मानवज्ञान माविले शुन्यका विरुद्ध २ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

यस्तैगरी बुटवल १३ को जबइ खेल मैदानमा भएको प्रतियोगितामा सरस्वती माविले ज्ञानपुञ्ज माविलाई २-० गोल अन्तरले हराएको छ। यस्तै अर्को खेलमा नवीन औद्योगिक माविकले बुटवल ग्लोरीलाई ३-० गोल अन्तरले पराजित गरेको म्याच कमिस्नर हरि प्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताअन्तरगत शुक्रबार एन्फा खेल मैदानमा  मणिमुकुन्द मावि र नयाँगाउँ मावि, स्कलर्स होम र सिद्धेश्वरी लालकुमारी मावि, नहरपुर मावि र प्रगति मावि तथा अक्सफोर्ड मावि र नवरत्न माविका बीचमा खेल हुनेछ। यस्तै जवइ खेल मैदानमा कान्ति मावि र जितेश्वरी मावि, अन्नपूर्ण मावि र नवीन औद्योगिक मावि, उजिरसिंह मावि र न्यु भिजन मावि तथा गार्गी एकेडेमी र ज्ञानोदय माविका बीचमा हुने छ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने नियम छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित