रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: पहिल‍ो खेलमा नेपाली पुलिस र सुदुर पश्चिम भिड्ने

 

बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुर पश्चिम बिच पहिलो खेल हुने भएको छ।
प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्घारा पोल विभाजन गरि टाईसिट प्रकाशित गरेका छन । शुक्रबार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसंग प्रतिस्पर्धा गर्ने छ। उनले लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरु राखिएक‍ो बताए। सुर्खेतमा सम्पन्न ३४ अौ राष्ट्रिय भलिबल प्रतियोगिता अनुसार क्रमश विजेता पुलिस विजेता, उपविजेता एपिएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए।
जसअनुसार प‍ोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपिएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशक पछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए। ससाना त्रुटीलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए।
कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष ल‍ोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सरोकारवाला संघसंस्थाहरु लाग्न जरुरी रहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित