दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

छैठौ लाफा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा संजय र सुरेन्द्रको जोडीलाई भेट्रान्सको उपाधि

लाफा समूह बुटवलको आयोजनामा बुटवलमा सम्पन्न छैठौ लाफा राष्ट्रिय खुल्ला मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

खेल अन्र्तगत ४० प्लस भेट्रान्स तर्फको उपाधि काठमाण्डौ पि‍ एफ सि का संजय कपाली र सुरेन्द्र कटवालको जोडिले हात पारेका छन् ।

लाफा समुहले बुटवलमा माघ १८,१९ र २० गते आयोजना गरेको बिभिन्न चरणका खेलमा ४० प्लस भेट्रान्स तर्फको खेलमा कपाली र कटवालको जोडिले बुटवलका बिरेन्द्र बिष्ट र अशोक क्षेत्रीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

विजेता कपाली र कटुवालको जोडीले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। उपविजेता बिष्ट र क्षेत्रीको जोडीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेलमा बाँकेका अनिल लाखे र दिनेश थापा मगरको जोडी तथा अमर रायमाझी (चितवन) र प्रेम गुरुङ (पर्बत)को जोडी तृतीय हुँदै नगद ५/५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्।

एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्याल, कलाकार नारायण खनाल लगायतले पुरस्कार प्रदान गरेको लाफा समुहका अध्यक्ष बबिन थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित