रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

छैठौ लाफा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा संजय र सुरेन्द्रको जोडीलाई भेट्रान्सको उपाधि

लाफा समूह बुटवलको आयोजनामा बुटवलमा सम्पन्न छैठौ लाफा राष्ट्रिय खुल्ला मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

खेल अन्र्तगत ४० प्लस भेट्रान्स तर्फको उपाधि काठमाण्डौ पि‍ एफ सि का संजय कपाली र सुरेन्द्र कटवालको जोडिले हात पारेका छन् ।

लाफा समुहले बुटवलमा माघ १८,१९ र २० गते आयोजना गरेको बिभिन्न चरणका खेलमा ४० प्लस भेट्रान्स तर्फको खेलमा कपाली र कटवालको जोडिले बुटवलका बिरेन्द्र बिष्ट र अशोक क्षेत्रीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

विजेता कपाली र कटुवालको जोडीले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। उपविजेता बिष्ट र क्षेत्रीको जोडीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेलमा बाँकेका अनिल लाखे र दिनेश थापा मगरको जोडी तथा अमर रायमाझी (चितवन) र प्रेम गुरुङ (पर्बत)को जोडी तृतीय हुँदै नगद ५/५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्।

एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्याल, कलाकार नारायण खनाल लगायतले पुरस्कार प्रदान गरेको लाफा समुहका अध्यक्ष बबिन थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित