भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलको उपाधि मोबाईल संघ लाई

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगिता २०८० को उपाधि बुटवल मोबाईल संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४–१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल संघले उपाधि हात पारेको हो ।

प्रतियोगितामा चिकित्सक संघका डा.आलोक थैव सर्वोत्कृष्ट खेलाडी, कर्मचारी मिलन केन्द्रका रेशम राना सर्वाधिक गोलकर्ता, मोबाईल संघका केशव क्षेत्री उत्कृष्ट गोलरक्षक तथा चिकित्सक संघका डा.कमल आचार्य अनुसासित खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष, पुर्व उपप्रधान, अर्थ तथा खेलकुदमन्त्री विष्णु प्रसाद पौडेल, चिकित्सक संघका अध्यक्ष डा कृष्ण खरेल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रदेश महासचिव निरु गौतम, जिल्लाका सल्लाहकार भरत केसी, दिनेश पाण्डे, उपाध्यक्ष भगवती पाण्डे, संयोजक दिनेश श्रेष्ठ, सहसंयोजक स्वस्तिक श्रेष्ठले कप, मेडल, प्रमाणपत्र तथा कुखुराको भाले उपहार वितरण गरेका थिए ।

कर्पोरेट संस्थाहरुका बीचमा अन्तरसम्वन्ध विकास र बिस्तारको उदेश्यसहित पहिलोपटक आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चौतारी रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण पौडेलले बताए । प्रतियोगितामा रुपन्देहीका २३ वटा व्यवसायिक तथा सामाजिक संस्थाहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित