रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलको उपाधि मोबाईल संघ लाई

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगिता २०८० को उपाधि बुटवल मोबाईल संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४–१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल संघले उपाधि हात पारेको हो ।

प्रतियोगितामा चिकित्सक संघका डा.आलोक थैव सर्वोत्कृष्ट खेलाडी, कर्मचारी मिलन केन्द्रका रेशम राना सर्वाधिक गोलकर्ता, मोबाईल संघका केशव क्षेत्री उत्कृष्ट गोलरक्षक तथा चिकित्सक संघका डा.कमल आचार्य अनुसासित खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष, पुर्व उपप्रधान, अर्थ तथा खेलकुदमन्त्री विष्णु प्रसाद पौडेल, चिकित्सक संघका अध्यक्ष डा कृष्ण खरेल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रदेश महासचिव निरु गौतम, जिल्लाका सल्लाहकार भरत केसी, दिनेश पाण्डे, उपाध्यक्ष भगवती पाण्डे, संयोजक दिनेश श्रेष्ठ, सहसंयोजक स्वस्तिक श्रेष्ठले कप, मेडल, प्रमाणपत्र तथा कुखुराको भाले उपहार वितरण गरेका थिए ।

कर्पोरेट संस्थाहरुका बीचमा अन्तरसम्वन्ध विकास र बिस्तारको उदेश्यसहित पहिलोपटक आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको चौतारी रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण पौडेलले बताए । प्रतियोगितामा रुपन्देहीका २३ वटा व्यवसायिक तथा सामाजिक संस्थाहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित