भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रधानमन्त्री कपः एपीएफ ७ विकेटले विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ ।

एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेटको नोक्सानी सहज जित निकाल्यो । जितसँगै एपीएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्ये ४ खेलमा उनले अर्धशतक बनाएका छन् ।

यस्तै, एपीएफका पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे । एपीएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो ।

१४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान १–१ विकेट लिए ।

यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपीएफले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो । राम्रो सुरुवात गरेको लुम्बिनीको इनिङलाई एपीएफका रमेश कुर्मीले धरासायी बनाए ।

उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर बन्न दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ४२ बलमा ५ चौका प्रहार गरेर नटआउट रहे ।

ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् ।

एपीएफका लागि रमेशले १० ओभरमा २ मेर्डनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान १–१ विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित