लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रधानमन्त्री कपः एपीएफ ७ विकेटले विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ ।

एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेटको नोक्सानी सहज जित निकाल्यो । जितसँगै एपीएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्ये ४ खेलमा उनले अर्धशतक बनाएका छन् ।

यस्तै, एपीएफका पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे । एपीएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो ।

१४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान १–१ विकेट लिए ।

यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपीएफले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो । राम्रो सुरुवात गरेको लुम्बिनीको इनिङलाई एपीएफका रमेश कुर्मीले धरासायी बनाए ।

उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर बन्न दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ४२ बलमा ५ चौका प्रहार गरेर नटआउट रहे ।

ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् ।

एपीएफका लागि रमेशले १० ओभरमा २ मेर्डनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान १–१ विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित