रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

प्रधानमन्त्री कपः आर्मीको ४ विकेटको जित

भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ । आर्मीले जितका लागि एपीएफले दिएको १ सय २२ रनको लक्ष्य २४औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गर्यो ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले भने ५ खेलमा २ जित र ३ हार ब्यहोर्दै सातौं स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टिमलाई जित दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २–२ चौका र १–१ छक्का प्रहार गरे । बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट लिन सफल भए ।

यसअघि कप्तान रोहितकुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १ सय २१ रनको सामान्य योगफल बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टिम संकटमा परेको थियो । दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्कातर्फबाट सम्हालिएर विकेट जोगाएर रन बटुलेका थिए । एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १–१ विकेटको सफलता प्राप्त गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित