लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि

देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको शिक्षक÷कर्मचारी अन्तर निकायगत भलिबल प्रतियोगिताको उपाधि सिटी क्याम्पस बुटवलको ‘बी’ टिमले चुमेको छ ।

केन्द्रीय कार्यालयको टिम ‘बी’संग उपाधिका लागि मैदानमा प्रतिष्पर्धा गरेको सिटी क्याम्पसले सोझो सेजमा जित हासिल गरेको छ । जितसंगै बिजेता टिमले पाँच हजार नगद पुरस्कार, शिल्ड र मेडल हात पारेको छ ।

उपबिजेता बनेको केन्द्रीय कार्यालयको टिम ‘बी’ले चार हजार नगद, शिल्ड र मेडल पाएको छ । तेस्रो स्थानका उपाधि केन्द्रीय क्याम्पसले पाएको छ । सिटी क्याम्पसको टीम ‘ए’ लाई सोझो सेटले हराउदै केन्द्रीय क्याम्पसले तीन हजार नगद, शिल्ड र मेडल हात पारेको हो ।

प्रतियोगिताका बिजेताहरुलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, डिनहरु डा. माणिकरत्न शाक्य, उकेशराज भूजुले शिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसअघि भएका पहिलो चरणका खेलमा सिटी क्याम्पसको टिम ‘बी’ले केन्द्रीय कार्यालयको टिम ‘ए’लाई सोझो सेटमा पराजित गर्दै बाई प्राप्त गरी फाइनल प्रवेश गरेको थियो । केन्द्रीय क्याम्पसको टिमले सिटी क्याम्पसको ‘ए’ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

बाई प्राप्त गरी सोझै सेमिफाइनल खेलेको केन्द्रीय कार्यालयको टिम ‘बी’ले केन्द्रीय क्याम्पसलाई सोझो सेटमा पराजित गरेको थियो ।

शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्णता विकास गर्नका लागि देवदहस्थित विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायको डिन कार्यालय परिसरमा भएको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको भलिवल प्रतियोगिता संयोजक रमेश पन्थीले जानकारी दिए ।

केन्द्रीय क्याम्पसबाट शक्तिधर यादवको कप्तानी, सिटी क्याम्पसबाट मेघनाथ खनाल र लालबहादुर बस्नेतको कप्तानीमा दुई टिम तथा केन्द्रीय कार्यालयबाट चुरामणि पोखरेल र यमुना मरासिनीको कम्तानीमा दुई टिम प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा उपप्राध्यापक फुर्पा शेर्पा र सहायक प्राध्यापक मञ्जिल सुबेदीले रेफ्रिको भूमिका निभएका थिए । प्रतियोगिता स्थलमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीका साथै स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित