रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

प्रथम देवदह मिडिया कप २०८० मंसिर १४ गते देखि हुने

देवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म  मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको हो ।

पत्रकारहरु मानसिक र शारीरिक स्वस्थ्यप्रति सजग हुनुपर्छ भन्ने मान्यता विकास गर्न प्रतियोगिता गर्न लागेको आयोजक क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।

पानबारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिने उनले बताए ।

क्लबका सचिव निर्मल थापाले ३ दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ दर्जन टिमले भाग लिने अनुमान रहेको बताए । कुल १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित