दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्रथम देवदह मिडिया कप २०८० मंसिर १४ गते देखि हुने

देवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म  मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको हो ।

पत्रकारहरु मानसिक र शारीरिक स्वस्थ्यप्रति सजग हुनुपर्छ भन्ने मान्यता विकास गर्न प्रतियोगिता गर्न लागेको आयोजक क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।

पानबारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिने उनले बताए ।

क्लबका सचिव निर्मल थापाले ३ दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ दर्जन टिमले भाग लिने अनुमान रहेको बताए । कुल १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित