लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल उपमहानगरले खेलाडी उत्पादन गर्न विद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्ने

बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ।

खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताए ।

उनका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उनले बताए ।

‘खेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौं’-उनले भने ।

चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र विद्यालयस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको उनले बताए।

यस्तै खेलकुद मैदान स्तरोन्नति, खेलकुद प्रशिक्षक, खेल शिक्षकलाई तालिम, खेलाडी र प्रशिक्षक सम्मान जस्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले बताए।

उनले छिटै नै वार्षिक रुपमा आयोजना हुने खेलकुदहरुको खेलतालिका तयार गरेर सोहीअनुसार आयोजना गर्ने र गर्नका लागि अनुरोध गरिने बताए।

खेलकुद विकास समितिका सदस्य सचिव तथा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि खेल पत्रकार, खेलकुद क्लब तथा संस्थाहरु, विद्यालयहरुसँग छलफल तथा अन्तरक्रिया गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित