दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

एसिया कप क्रिकेट : नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै

  • सुपर फोरमा पुग्न जित्नै पर्ने दबाब
  • सिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो।

    नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज (सोमबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ।

    भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।

    पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ अंक बाँडेको थियो। भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

    नेपालले भारतको यु–१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो।

    उमेर समूहमा भने नेपालले १ पटक भारतीय टिमलाई हराएको छ। २०७४ कात्तिकमा भएको एसिसी यु–१९ एसीया कप क्रिकेटमा नेपालले भारतीय टोलीलाई १९ रनले पराजित गरेको थियो।

    नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना पनि उच्च छ। एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ। वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ। सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ।

    वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ। अंक बाँड्नु परेको अवस्थामा भारत स्वत: सुपर–फोरमा पुग्नेछ।

    यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ।

    नेपाली टिम: 
    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित