३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कति बजेदेखि हुनेछ नेपाल-पाकिस्तानबीचको खेल? यस्तो छ एसिया कप क्रिकेटको विस्तृत

काठमाडौँ- एसिया कप क्रिकेट २०२३ मा भारत, पाकिस्तान, श्रीलंका, नेपाल, अफगानिस्तान र बंगलादेशसहित ६ टिमले खेल्ने तय गरिएको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकाले आयोजना गर्दैछन्।

यतिबेला एसिया कप खेल कति बजे सुरु हुन्छ, कहाँ हेर्न सकिन्छलगायत विषयमा क्रिकेट प्रेमीहरूको चासो बन्नु स्वाभाविक हो। प्रतियोगिता सुरु हुन अब तीन दिनमात्रै बाँकी छन्। बुधबारदेखि प्रतियोगिता सुरु हुँदैछ। बुधबार दिउँसाे नेपाल र पाकिस्तानबीच उद्‍घाटन खेल हुँदैछ।

प्रतियोगिता सेप्टेम्बर १७ तारिखसम्म १९ दिन चल्नेछ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा तय गरिएको छ।

एकदिवसीय फर्म्याट

प्रतियोगिता एकदिवसीय फर्म्याटमा (५० ओभरको) खेलाइनेछ। ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन्।

दुवै समूहमा रहेका टिमले एकअर्कासँग खेल्नेछन्। समूह चरणमा जितेका शीर्ष २ टिम सुपर-४ मा पुग्नेछन्। सुपर-४ मा सबै टिमले एक अर्कासँग खेल्नेछन्। सुपर-४ का शीर्ष दुई टिम फाइनल पुग्नेछन्।

कहाँकहाँ हुँदैछन् खेल?

एसिया कपका खेलहरू पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियम र लाहोरको गद्दाफी स्टेडियममा हुनेछन्। त्यस्तै श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र आर प्रेमदासा रंगशालामा खेल तय गरिएका छन्। एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछन्।

भारतीय समयअनुसार दिउँसो ३ बजे, अफगानिस्तानमा दिउँसो २ बजे, पाकिस्तानमा दिउँसो २ : ३० बजे, श्रीलंकामा दिउँसो ३ बजे र बंगलादेशमा दिउँसो ३ : ३० बजे सुरु हुनेछ।

नेपाल, भारत र श्रीलंकामा स्टार स्पोर्ट्स नेटवर्कमा एसिया कप लाइभ हेर्न सकिनेछ। त्यस्तै ‘डिस्नी प्लस हटस्टार’मा पनि स्ट्रिम गरिनेछ। पाकिस्तानमा पीटीभी स्पोर्ट्स र टेन स्पोर्ट्सले प्रसारण अधिकार लिएको छ। बंगलादेशमा ‘टी स्पोर्ट्स’ र गाजी टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ।

भारत र पाकिस्तानबीच कति खेलको सम्भावना?

एसिया कपमा भारत र पाकिस्तानको पहिलो खेल सेप्टेम्बर २ तारिखमा हुनेछ। यदि दुवै टिम सुपर-४ मा पुगे भने सेप्टेम्बर १० मा फेरि उक्त दुई टिमबीच खेल हुनेछ। सुपर-४ मा दुवै टोली शीर्ष स्थानमा रहे भने फेरि सेप्टेम्बर १७ तारिखमा दुवै टिमले फाइनल खेल्नेछन्। तर, अहिलेसम्म एसिया कपको फाइनल खेल भारत र पाकिस्तानबीच एकपटक पनि भएको छैन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित