रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल–११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेलकूद बिकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा बुटवल उपमहानगर अन्तरगत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दै छन् । जस अन्तरगत ९४१ जना छात्रा तथा ६०७ जना छात्रहरुले प्रतिस्पर्धा गर्ने खेलकूद बिकास समितिका संयोजक बोनिन पियाले जानकारी गराए । कूल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा एथ्लेटिक्सतर्फ दौड, ज्याभ्लिङ्ग थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रिपल लगायत रहेका छन् भने कराँते तर्फ ६ वटा विधा, तेक्वान्दोतर्फ ६ वटा विधामा प्रतिस्पर्धा हुने छ । यसैगरी भलिबल र कबड्डी प्रतियोगिता हुने संयोजक पियाले जानकारी दिए ।

प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने संयोजक पियाले जानकारी दिए । यसैगरी विधागत तर्फ छात्रा÷छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने बताइएको छ । एकल प्रतिस्पर्धा तर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हनेलाई जनही क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीका लागि खेल अवधिमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी दुर्घटना बीमाको समेत व्यवस्था गरिएको खेलकूद समितिले जानकारी गराएको छ ।

बुटवलमा हुने यो प्रतियोगितालाई खेलकूद मेलाको रुपमा लिइएको र यहाँबाट विद्यार्थीका उत्कृष्ट प्रतिभाहरु हेर्न सकिने बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बताए । बुटवलकै उत्कृष्ट खेलकूद प्रतियोगिताको रुपमा सम्पन्न गर्न नगर प्रमुख पाण्डेयले निर्देशन समेत दिए । यो प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा उजार गर्नुका साथै सामुहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने विश्वास लिइएको उनले बताए । खेलकूदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकासमा टेवा पुर्याउन प्रतियोगिताले सहयोग पुग्ने उप प्रमुख सावित्रादेवी अर्यालले विश्वास व्यक्त गरिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित