रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई

नेपाल औषधिगत विक्रि प्रबन्धक संगठन रुपन्देहीको आयोजनामा भएको पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसको टिमले जितेको छ ।

तिलोत्तमा १४ स्थित मधवलिया व्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा युनिर्भसल मेडिकल कलेज (युसिएमएस) को टिमले उपाधि हात पारेको हो ।

उपाधि हात पारे सँगै युसिएमएसले नगद ३० हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

त्यस्तै बुद्ध पोलिक्लिनिक उपविजेता बन्यो । उपविजेता बनेको बुद्ध पोलिक्लिनिकले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता तथा उपविजेतालाई संगठनका अध्यक्ष राजु भण्डारी, कार्यक्रम संयोजक नारायणप्रसाद बस्याल लगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको थियो ।

त्यस्तै प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट बाट जीवन टण्डन पुरस्कृत भए ।

वि.स.२०४८ सालमा स्थापना भएको संगठनले बर्षेनी विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्दै आएको संगठनका सचिव विमल ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित