बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने

 

बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो । शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि ‘संगै हामी सक्छाै’ भन्ने नारा सहित प्रतियाेगिता गर्न लागिएकाे जानकारी गराएकाे हाे । प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने

विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।उनले पहिलो संस्करणको सफलताबाट प्रेरित भएर यो वर्ष झनै सुदृढ र व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले विद्यालयले फुटबल सहित चित्रकला, नृत्य तथा अन्य कुनै पनि अतिरिक्त क्रियाकलापकाे शुल्क नलिएकाे बताए।

विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्याैपानेले क्यानन स्कुलले जिल्ला स्तरमै खेलकुदकाे विकास, खेलाडीकाे क्षमता अभिबृद्वि गर्दै खेलप्रति विद्यार्थीकाे आकर्षण बढाउन प्रतियोगिता गरिएकाे बताए ।

प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता रहने छ । १९ गतेसम्म चल्ने प्रतियोगिता सिद्देश्वरी माविको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार, उत्कृष्ट गोलरक्षक र गाेल स्काेरलाई ३ हजार, हरेक खेलको म्यान अफ दिन म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले जानकारी दिए ।

गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूल र नविन कदरबहादुर रीता मावि रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका प्राचार्य भण्डारीको भनाइ छ । विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ । केही दिनमा लगतै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा पनि सिकाउने गरी कक्षा सञ्चालनको तयारीमा रहेकाे छ । पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य भ्णडारी, सहप्राचार्य न्याैपाने सहित नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीले प्रतियाेिगहरूकाे टाईसिट सार्वजनिक गरिएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित