जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक

मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप रात्रीकालिन भलिबल प्रतियोगिताले भलिबल खेलप्रेमीहरुमाझ छुट्टै रौनक छाएको छ ।

तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस निरको क्लबको आफ्नै खेल मैदानमा यस क्षेत्रमै पहिलोपटक रात्रिकालीन भलिबल प्रतियोगिता भएकाले खेलप्रेमीहरुको चासो र उत्साह बेग्लै छ ।

यसैबीच सोमबार राती भएको खेलमा एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिवल संघ विजयी भएका छन । खेलमा गण्डकी प्रदेश भलिवल संघले कोशी प्रदेश भलिवल संघलाई २५–१७, २५–१३, २५–२२ बनाउंदै सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको गण्डकीका खेलाडी बिष्णु क्षेत्रीलाई नगद सम्मान गरिएको थियो । दोस्रो खेलमा गुजरातले विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गरेको हो ।निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो र दोस्रो सेट २५–२३, २५–२० अंकको जितसंग गुजरातले अग्रता लिएको थियो ।

तेस्रो सेटमा भने बिभागिय टिम त्रिभुवन आर्मी २५–१२ को अंकसहित जित निकाल्दै फर्कियो । चौथौ सेटमा भारतको गुजरातले २५–२२ अंकले विजयी भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गुजरातका आरएन बलियान नगदसहित सम्मानित गरिएको थियो । मंगलबारको पहिलो खेल आयोजक मणिमुकुन्द भलिवल क्लब, तिलोत्तमा र विभागिय टिम एपिएफ क्लब, काठमाडौ बिचमा हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र विभागिय टिम नेपाल पुलिस क्लब बिच हुने अफीसियल रेफ्री रामबहादुर थापाले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११, दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां, तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा कप, मेडल र प्रमाणपत्र पाउने छन । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा कप र प्रमाणपत्र हात पार्ने छन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरूङले बताउनुभयो । बैशाख १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तान, इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको आयोजक क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले बताए ।

रातको समयमा शितल मौसम हुने भएकाले दर्शकहरुले पहिलोपटक राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रोमाञ्चक खेल हेर्न पाउंदा खेलप्रेमीहरु राति १० बजेसम्म खेल मैदानमा खचाखच हुने गरेका रानाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न लाग्ने ठूलो खर्च देश विदेशमा रहेका खेलप्रेमी र उद्योगी व्यवसायी संग चन्दा सहयोग मागेर गरिएको आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित