प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता: लिस्नु युथ क्लब अन्तिम चारमा

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युथ क्लब बिजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा विहिबार भएको खेलमा न्यु सिर्जना युथ क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै लिस्नु उपाधि दाबेदारीसहित अन्तिम चारमा स्थान बनाएको हो ।

विदेशी खेलाडीसहित मैदानमा उत्रेको लिस्नुलाई न्यु सिर्जनाले पहिलो हाफ निक्कै दबाबमा राखेको थियो । खेलको ९ औ मिनेटमा गोल गर्दै न्यु सिर्जना युथ क्लबका सन्दिप मल्लले टिमलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता लिएको न्यु सिर्जनाको अग्रता कायम रहन सकेन । लिस्नुका लागि विदेशी दुई खेलाडीहरु नायक साबित भए । लिस्नुका ओहिनेबा अदुसेईले खेलको ५६ औ मिनेट तथा कार्लोस सामीले ६५ औ मिनेटमा गरेको प्रहार विपक्षी टिमको जाली चुमाउदै खेलमा फर्काए ।

यसैगरि खेलको ७२ औ मिनेटमा लिस्नुका समराज ठोकरले गोल गरे । खेलमा टिमलाई विजयी बनाउन योगदान दिएका लिस्नुका ओहिनेबा अदुसेई म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार क्वाटरफाईनल खेलमा गोर्खा ब्यायज एफसी र योग स्टार युथ क्लबका बिचमा खेल हुने संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित