रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

झरना रनिङ शिल्ड फुटबल: लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश

रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शुक्रबार भएको खेलमा सुनौलो संगम युवा क्लबलाई ४—० गोल अन्तरले पराजित गर्दै लिस्नु युवा क्लब अन्तिम आठमा स्थान बनाएको हो ।

कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको लिस्नु खेलमा हाबी भयो । पहिलो हाफको ४३ औ मिनेटमा लिस्नुका शिशिर लेखिले गोल गर्दै टिमलाई अग्रता दिलाए । स्थानिय खेलाडीसहित मैदान उत्रेको सुनौलो दोस्रो हाफमा थप ३ गोल खान पुग्यो ।

दोस्रो हाफमा १४ औ मिनेटमा लिस्नुका विदेशी खेलाडी गोडविन अपि काशीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सुदिप श्रेष्ठले गोलमा परिणत गरे । खेलको २४ मिनेटमा शुसिल राईले तेस्रो गोल गरे ।

लिस्नका शुशिल राईले दोस्रो गोल गरे । खेलमा लिस्नुका शिशिर लेखी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । लेखीलाई एनजी मार्टका म्यानेजिङ डाईरेक्टर नारायण बन्जोडेले बितरण गरे ।

शनिबार योग स्टार मुडाहा र सम्पुर्ण युवा क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित