मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

गोर्खा ब्वाइज क्लबले खेल सुरु भएको १० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । सुनिल खड्काले हेडमार्फत पहिलो गोल गरेका थिए । गोर्खाले पहिलो हाफमा नै ४ गोल गरेको थियो । भूपू सैनिकका तर्फबाट भएका २ गोल दोस्रो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै विपक्षलाई दबाबमा राखेको गोर्खा ब्वाइजले खेलको २० औं मिनेटमा अंकित सिजापतिले दोस्रो गोल गरेका थिए । खेलको २५ औं मिनेटमा निराजन खत्रीले तेस्रो तथा खेलको ४५ औं मिनेटमा निशान्त न्यौपानेले टिमका लागि चौथो गोल गरेका हुन् ।

दोस्रो हाफमा निराजन खत्रीले व्यक्तिगत दोस्रो तथा टिमलाई पाँचौं गोल एवं सुनिल खड्काले छैंटौं गोल गरेका थिए । भूपू सैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले गोल गरेका हुन ।

प्रतियोगितामा बिहीवार नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार र कपिलवस्तु – ११ बीचमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विजय पुनले जनाएका छन् ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटनमा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), उपप्रमुख जागेश्वरी चौधरी, क्लबका पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेल लगायतले फुटबलको विकासका लागि प्रतियागिताको निरन्तरताको शुभकामना दिएका थिए।

प्रतियोगितामा रुपन्देही जिल्लासहित पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङ्जाका १६ टोलीको सहभागिता छ ।

जसमा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार, न्यु सिर्जना युवा क्लब, गोर्खा ब्वाइज क्लब, जनज्योति एफसी, देवदह ब्वाइज, फुलबारी गाईज, योग स्टार एफसी, कपिलवस्तु -११, भैरव एफसी, बालिङ युनाइटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भूपू सैनिक युवा क्लब रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार रुपैयाँ रनिङशिल्ड, दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ तथा सेमिफाइनलमा टोलीले समान २५ हजार रुपैयाँका प्राप्त गर्नेछ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विजय पुनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीले समान १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सुमन अधिकारी, बुटवल, Hamrokhelkud

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित