रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पाँच किमिको म्याराथन प्रतियोगिता गर्दै काँग्रेस रूपन्देही

नेपाली काङ्ग्रेस, रुपन्देहीले भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११औं वीपी जन्मजयन्तीको अवसरमा यही भदौ २४ गते ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गर्न लागिएको काँग्रेस रुपन्देहीले जनाएको छ ।

पार्टीका रुपन्देही सभापति रामकृष्ण खाँणले युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै यसको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । ‘यसले काँग्रेस पार्टी पंक्तिसँगै खेल र खेलप्रेमीहरुमा नयाँ उत्साह थप्ने छ’, उनले भने, ‘अर्कातर्फ वीपीको योगदानलाई सबैले स्मरण गर्नेछन् ।

पाँच किलोमिटरको प्रतियोगिता भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट सुरु भई लुम्बिनी रोड, बुद्धचोक, बर्मेलीटोल, नारायथान हुँदै मिलनचोक आएर समापन हुने कार्यक्रम संयोजक समेत रहेका काँग्रेस नेता ओमकुमार श्रेष्ठले जानकारी दिए । प्रतोयोगित बिहान ६ः३० देखि सुरु हुने उनले बताए ।

प्रतियोगितामा खुल्ला र महिला तर्फका बिजेताले अलग–अलग पुरस्कार पाउने छन् । खुल्लातर्फ प्रथम हुनेले १० हजार र मेडल, द्वितीय हुनेले ५ हजार र मेडल, तृतिय हुनेले ३ हजार र मेडल र सान्त्वना हुने २ जनालाई १ हजार ५ सय रुपैयाँ एवं मेडल पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएका छन् ।

त्यसैगरी महिलातर्फ प्रथम पुरुस्कार १० हजार तथा मेडल, द्वितीय पुरस्कार ५ हजार र मेडल, तृतीय पुरस्कार ३ हजार र मेडलको ब्यवस्था गरिएको प्रतियोगिता सयोजक श्रेष्ठले पब्लिक कुरालाई जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित