रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

मारबाडी क्रिकेट लिगः लुम्बिनी र बीरगंजको जित

चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा बीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । बीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् । लुम्बिनीको यो लगातार दोस्रो जित हो भने बीरगंजको पहिलो जित हो ।

नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगंजले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै जम्मा ५० रनको झिनो स्कोर खडा गर्यो । उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा बीरगंजका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बीरगंज ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगंजका अभी अग्रवालले १ विकेट लिए । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ५४ रन मात्रै बनायो । उसका लागि दिवेश शर्माले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बुटल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जित दर्ज गर्यो । उसको जितमा शुभम अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए । बलिङमा शिवम् वारियर्स हेटौंडाका आर्यन अग्रवालले २ विकेट लिए । खेलमा शुभम अग्रवाल म्यान अफ द म्याच भए । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार