रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शुक्रबार देखि तिलोत्तमामा शहिद आलोकको स्मृतीमा फुटसल प्रतियोगिता हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मा शहिद यादव नाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ ।
तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलाको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए तिलोत्तमा–५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।

कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित