रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

दोस्रो दिन त्रिभुवन आर्मी, लुम्बिनी, कोशी र गण्डकी बिजयी

रूपन्देहीमा जारी नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा जित निकालेको हो । आर्मीले २५–१२, २५–१२, २५–१३ को अंकले दबाबमा राख्दै खेलमा जित हासिल गर्यो । एकतर्फी खेलमा त्रिभुवन आर्मी क्लबका राजेन्द्र बिष्ट म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २५–२०, २५–२३, २५–१९ अंकले ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका कमल गहतराज म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा कोशी प्रदेश बिजयी भएको छ । सुदूरपश्चिमलाई कोशीले २५–२३, २०–२५, २८–२६, २५–१६ अंकका साथ ३–१ सेटमा पराजित गरेको हो । खेलमा कोशी प्रदेशका बिष्णु बस्नेतलाई उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरिएको थियो ।

यसैगरि शनिबारको अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१४, २८–२६ २५–१३ अंकको सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशका उत्कृष्ट खेलाडी हरी पान्डेयलाई पुरस्कृत गरिएको छ ।

लिग कम नआउट आधारमा खेलाईएको प्रतियोगिताको पहिलो चरणको खेल चलिरहेको क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख १ रूपैया, द्वितीयले नगद १ लाख ५० हजार १ रूपैयाँ, तृतियले नगद १ लाख १ रूपैयाँ नगद सहित कप मेडल प्रमाणपत्रबाट पुरस्कृत हुने छन । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रूपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।

पहिलो दिनको उत्कृष्ट खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबी चौधरी, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, तिलोत्तमा नगर सभा सदस्य सुरेन्द्रश्री, पुर्व जिसिअ टेक बहादुर थापाले नगद सहित सम्मान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित