रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

विश्वविद्यालयस्तरीय खेलकुदमा लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा एक स्वर्णसहित पाँच पदक हात पार्दै बौद्ध विश्वविद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
देशभरका ११ वटा विश्वविद्यालयका खेलाडी सहभागी रहेको प्रतियोगितामा सय मिटर दौडमा लुम्बिनी बौद्ध विश्वविद्यालयकी अनिसा कुवंर क्षेत्रीले स्वर्ण पदक हासिल गरिन् । अनिसाको स्वर्ण पदक नै बौद्ध विश्वविद्यालयलाई तेस्रो स्थानमा पु¥याउन सफल भयो ।
सय मिटर दौडमै रमिता रावतले रजत पदक हासिल गरिन् । रमिताले छात्रतर्फको लङजम्पमा समेत रजत जित्दै व्यक्तिगत पदक संख्यालाई दोब्बर पारिन । पुरुष ब्याडमिन्टनमा अभिषेक थापाले कास्य पदक हात पार्दा पुरुष लङजम्पमा अभिषेक गुप्ताले पनि कास्य पदकमै चित्त बुझाए ।
पहिलो पटक भएको विश्वविद्यालय स्तरीय प्रतियोगितामा खेलाडीले पदक दिलाएर उत्साह थपेको बौद्ध विश्वविद्यालय टिमका टोली नेता लालबहादुर बस्नेतले बताए ।
खेल प्रशिक्षक महेश गैरेका अनुसार प्रतियोगितामा विश्वविद्यालयका २८ खेलाडी सहभागी रहेका थिए ।
भलिवल, ब्याडमिन्टन, टेबल टेनिस र एथलेटिक्स गरी चार बिद्यामा भएको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय १८ स्वर्णसहित पहिलो, सुदुर पश्चिम विश्वविद्यालय ३ स्वर्णसहित दोस्रो भएका छन् । त्रिभुवन, सुदुर, लुम्बिनी बौद्ध र नेपाल संस्कृत बाहेक अन्य विश्वविद्यालय स्वर्णबिहिन रहे । प्रतियोगितामा नेपाल संस्कृत विश्वविद्यालय चौथो, काठमाडौं विश्वविद्यालय पाचौं, गण्डकी विश्वविद्यालय छैठौ स्थानमा रहे । पोखरा, कृषि तथा बन, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय क्रमशः सातौं, आठौं, नबौं र दशौं स्थानमा रहेका छन् । प्रतियोगितामा २३ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
खेलकुद परिषद्ले हरेक वर्ष विश्वविद्यालयस्तरीय प्रतियोगिता गर्ने जनाएको छ । आगामी संस्करणका प्रतियोगितामा खेल विधाहरु थपिदै लगिने परिषद्ले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित